समाचार

राष्ट्रपतिद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

१२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०प्रमाणीकरण गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।