राजनीति

कोशी सरकार गठनका लागि सभामुख गौतमले राजीनामा दिनुपर्छ : महामन्त्री शर्मा

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुखले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले सभामुख बाबुराम गौतमले पदमा अब बस्न हुँदैन भनेर अन्तरात्माले भन्नुपर्ने बताए । उनले सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महसुस गर्छौं भने सभामुखले महसुस गर्नुपर्दैन भन्दै प्रश्न गरेका छन् ।

उनले अघि भने, ‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ ।”