राजनीति

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

१४ साउन, काठमाडौं । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।

पार्टी अध्यक्ष कमल थापाले सहमति पछि सामाजिक संजाल ट्विट मार्फत “राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बिच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर,साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने,सघिय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगरी हिन्दुअधिराज्य,सुशासन र समृद्ध नेपाल निर्माणगर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने” जानकारी दिएका छन् ।