राजनीति

बाँकी कानुन छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

१४ साउन, काठमाडौं । निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।

आइतबार मुख्य सचिवसहित सचिवहरुसँग भएको बैठका प्रधानमन्त्री दाहालले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले यसअघि पनि सार्वजनिक रुपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए । त्यस्तै, उनले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि भनेका छन् ।

प्रधानमन्त्री दाहालले सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।