राजनीति

राप्रपालाई गठवन्धनको प्रस्ताव- कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौँ

१४ साउन, काठमाडौं । सत्तारुढ दलले राप्रपासँग सत्ता सहकार्यको प्रस्ताव राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशको सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री दाहालले कोशीमा मात्रै नभई सबैतिर सहकार्य गर्न प्रस्ताव राखेको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री दाहाललेसंघीय सरकारमा तत्काल आउनेगरी सोच्न लिङ्देनको प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीले कोशीको मुख्यमन्त्रीमा आलोपालो गर्न र अरु प्रदेशमा पनि आउन प्रस्ताव राखेको स्रोतले बतायो । प्रधानमन्त्री दाहालको प्रस्तावमा अध्यक्ष लिङ्देनले सकारात्मक जवाफ दिएनन् । सत्तालाई हामीले प्राथमिकतामा नराखेको र भर्खर त बाहिरिएको उनको जवाफ थियो ।