१६ साउन, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आफ्नो १४ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव कम्पनीका अध्यक्ष हेमराज ढकालज्यूको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम संचालन गरेका थिए ।
उक्त वार्षिक उत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरि हौसला प्रदान गरिएको थियो ।
त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरि कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको थियो ।
यस कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई सम्मान गरिएको थियो ।





