१७ साउन, काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला खोटाङको चौथो अधिवेशनबाट इन्द्र लिमेल मगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।
आइतबार काठमाडौंमा युवा संघ खोटाङका अध्यक्ष मिसन राईको अध्यक्षतामा भएको अधिवेशनबाट अध्यक्षमा इन्द्र लिमेल, उपाध्यक्ष बिज्ञान राई, सचिव अजय कोयु राइ, सहसचिव बिदान राई र कोषाध्यक्षमा दिपा दुमि राई चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेकपा एमाले पोलिट्ब्युरो सदस्य विशाल भट्टराई, उषाकला राई, रमेश पौडेललगायत सहभागी थिए ।
अध्यक्षमा निर्वाचित भएपछि इन्द्र लिमेलले विभिन्न जिल्लाबाट सहभागी युवाहरुको संगठन भएको र यसले पार्टीलाई सकृय बनाउन सहयोग गर्ने बताए। उनले यस संघले पार्टीको हित विपरित काम नगर्ने बताए ।






