राजनीति

परे सरकार तयार छौं तर भ्रष्टाचारको अभियान छोडिन्न : प्रधानमन्त्री

१७ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले प्रतिवेदन पेस गर्दै राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको बताए ।

उनले अघि भने, “गठबन्धन बलियो हुँदै गएको छ । सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।” समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको उनले बताए । भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेकाले यो अभियान नरोकिने प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

“छोड्न परे तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न”, उनले भने ।