आर्थिक

कुमारी बैंक र EMF माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता

१७ साउन, काठमाडौँ । कुमारी बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले EMF माइक्रोफाइनान्स फण्ड AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको छ ।

EMF माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले सान तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ ।

यस अघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका MSMEs लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा SA, SICAV-SIF सँग ECB सफलतापूर्वक पूरा गरिसकेको छ।