अन्तर्राष्ट्रिय

चाइना इनर्जीका पूर्व नायब महाप्रबन्धक पार्टीबाट निष्कासित

१७ साउन, एजेन्सी । चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना इनर्जी) का पूर्व उपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बाट निष्कासन गरिएको छ ।

सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षण आयोगद्वारा बुधबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त सजायको घोषणा गरिएको हो । देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले गरेको अनुसन्धानमा कम्पनीको पूर्व पार्टी सदस्य समूहका प्रमुख सदस्य पनि रहेका थिए । उनले आफ्नो आदर्श र विश्वासको आधार गुमाएको र राजनीतिक चेतनाप्रति उदासीन भएका थिए ।

उनले आफ्ना समस्याहरूको अनुसन्धानको विरोध गर्नुभयो र पार्टी र सरकारी आचरणमा सुधार गर्ने केन्द्रीय पार्टी नेतृत्वको आठ बुँदे निर्णयको अवहेलना गर्दै शृङ्खलाबद्ध गलत कामहरू गरे ।

उनले पार्टीको आदर्श विपरीत भोजभतेर, यात्रामा बढी रूची देखाउने गरेको गल्फ खेल्ने, र नियमविपरीत पैसा र उपहार लिनगरेको आधारमा उनलाई कारबाही गरिएको हो ।

सीपीसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “लीले नियमअनुसार आफ्नो व्यक्तिगत जानकारी रिपोर्ट पार्टीमा जानकारी गराउन नचाहेको, व्यक्तिगत स्वार्थका लागि जागिरको पदोन्नतिमा हस्तक्षेप गरेको र केही गैर–सूचीबद्ध कम्पनीहरूमा शेयर स्वामित्व लिएको पाइएको छ ।”

विज्ञप्तिमा भनिएको छ, “लीको मुद्दा पुनरावलोकन र अभियोजन प्रक्रियाका लागि अभियोजकहरूलाई हस्तान्तरण गरिनेछ र उहाँको अवैध लाभ जफत गरिनेछ ।”