समाचार

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

१८ साउन, काठमाडौँ । डा सिके रावतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।

भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष-नगर प्रमुख-उपप्रमुख-गाउँपालिका अध्यक्ष-उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए।