राजनीति

संवैधानिक परिषद बैठक आज बस्दै

१८ साउन, काठमाडौं । संवैधानिक परिषद बैठक आज बस्दै छ । प्रधानन्यायाधीश नियुक्तको लागि आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा परिषदको बैठक बस्दै छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारणले भोली अर्थात् साउन १९ गते अवकाश हुँदै छन् । यसअघि पनि पटक-पटक बस्दै आएको परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्तको लागि नाम सिफारिस गर्न सकेको छैन ।

स्रोतका अनुसार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।