समाचार

सहकारी पिडितद्वारा सडक प्रदर्शन, प्रहरीले गरे हस्तक्षेप

१८ साउन, काठमाडौं । सहकारी पिडितहरु बिजुली बजारमा सडक बन्द गर्दा प्रहरीले हस्तक्षप गरेको छ ।

सहकारी पिडितहरुले प्रदर्शन गर्दै बानेश्वर आउन लागेपछि उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा हस्तक्षेप गरेको थियो ।

प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरु सडक बन्द हुने गरी पुलमा धर्ना बसेका थिए । तर प्रहरीले धर्नामाथि हस्तक्षेप गर्दै सडक खुलाएको छ । पछिल्लो समय सहकारी संचालकहरु फरार भएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।