१८ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य भए मात्र देश सुशासनको बाटोमा अघि बढ्ने बताएक छन् । सुन तस्करी प्रकणतर्फ संकेत गर्दै नेता कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरे ।
काठमाडौंमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भन्ने पनि प्रश्न गरे । ती नेताबीच के विषयमा छलफल हुन्छ भन्ने नै थाहा नभएको कोइरालाले बताए ।
उनले अघि भने, ‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन । हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ । यसले के सन्देश दिइरहेको छ ?”
नेता कोइरालाले अहिले सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले मात्र अनुसन्धान गर्नु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नहेर्नु अचम्मको विषय रहेको बताए । उनले राजस्वको महानिर्देशक केही दिनअघि प्रधानमन्त्रीको पीए भएको बताए ।





