समाचार

संसदीय सुनुवाइ समितिद्वारा ६ राजदूतको अनुमोदन

१८ साउन, काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको छ । बिहिबार बसेको संसदीय सुनुवाइ समिति बैठकले सरकारले सिफारिस गरेका ६ जना राजदूतको संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो ।

समितिका अनुसार अनुमोदन हुनेहरुमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली र फ्रान्सका लागि सुधीर भट्टराईको नाम पनि अनुमोदन भएको छ ।