राजनीति

माओवादी केन्द्रले केन्द्रीय समितिमा थप्‍यो २२जना महिला

१९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । माओवादीले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरु चौधरी गरी २२ जना केन्द्रीय सदस्य थपिएका हुुन् ।

हाल पार्टीको केन्द्रीय समितिमा ३८५ जना छन्, २२ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।