समाचार

कारागारमा कैदीबन्दीबीच झगडा हुँदा आगलागी

१९ साउन, विराटनगर । झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीको सरुवाको विषयमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको र कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।