राजनीति

प्रधानमन्त्रीको भ्रष्टाचार बिरोधी आदर्शको कुरा लार्क्याल लामाको नियुक्तिले छ्याङै पार्यो : भट्टराई

२२ साउन, काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले प्रधानमन्त्री र पर्यटनमन्त्रीको आदर्शको कुरा छ्याङै भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालको मध्यमबाट लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरे पश्चात उक्त टिप्पनी गरेका हुन् । सरकारले लुम्बिनी विकास कोषमा विभिन्न अभियोगमा पटक-पटक पक्राउ पर्दै छुटेका पुर्व सभासद लामालाई मन्त्रिपरिषद बैठकले कोषको उपाध्यक्षमा आइतबार नियुक्त गरेको थियो ।

उनले लेखेका छन्, “प्रधानमन्त्री प्रचण्ड र पर्यटनमन्त्री सुदन किरातीको भ्रष्टाचार बिरोधी आदर्शको कुरा लार्क्याल लामाको नियुक्तिले छ्याङै पार्यो ।”