मनोरञ्जन

सचिव आचार्यले ल्याए ‘म परदेश जादा‘, खरेलले दिए मिठो स्वर (भिडियोसहित)

२३ साउन, काठमाडौं । नेपाल सरकारका सचिव समेत रहेका चर्चित गितकार सुरेश आचार्य (सियरा)ले प्रमोद खरेलको स्वरमा नयाँ गित ल्याएका छन् । पछिल्लो समय नेपाल रारकारका सचिवसमेत रहेका आचार्य गीतसंगीतमा चासो राख्ने संगीत प्रेमीका साथी बन्न थालेका छन् ।

परदेशीको पीडा समेटिएको गित आचार्यले हालै आफ्नै युट्युव च्यानल ‘सियरा नियो अफिसियल’बाट सार्वजनिक गरेका हुन् ।

चर्चित गायक खरेलको स्वरमा सजिएको उक्त गितमा संगितकार विपिन घिमिरेले संगित भरेका छन् । उक्त गितको भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छिन् । अनुप बराल, अनु पराजुली, बाबुरा सत्याल, सीतादेवी सत्याल लगायतले अभिनय गरेको भिडियो मुकेश हुमागाईंले खिचेका हुन् ।