आर्थिक

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

२५ साउन, काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ पतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने निर्णयभएको बताईएको छ । 
साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापीटलले जानकारी दिएको छ ।

विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको जाएको छ । लक्ष्मी सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज फस्र्ट म्युचुअल फण्ड योजना हो ।