आर्थिक

कोका-कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

१ भाद्र, काठमाडौँ । ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका-कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका थिए ।

पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको थियो । कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा तीन प्यानेलिस्टहरू अनुष्का श्रेष्ठ, सीईओको–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हब र स्नेहा श्रेष्ठ कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपाल थिए ।

यस कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तिकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।