२५ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यहरुले अध्यक्ष र महासचिवलाई वर्खास्त गर्न मागेका छन् ।
एन्फाका पुर्वअध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको नेतृत्वमा ४८ सदस्यहरुले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्ने एजेण्डामा छलफलका लागि विशेष साधारणसभा बोलाउन लिखित रुपमा माग गरेका छन् ।
४८ सदस्यहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्ने विषयसूची खुलाएर एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई लिखित माग बुझाएका छन् ।
अध्यक्ष र महासचिवले एक वर्षमा गर्नुपर्ने धेरै प्रतियोगिता गर्न नसकेको र उनीहरुलाई राखिराख्दा नेपाली फुटबल झन् तल जान्छ भनेर वर्खास्तको माग गरेको एक सदस्यले जानकारी दिए ।