राजनीति

रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने तत्कालिन देउवा सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

२७ भाद्र, काठमाडौं । तत्कालिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोकेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले १५ माघ ०७४ सालको तत्कालिन देउवा नेतृत्व सरकारले गरेको निर्णय बदर गर्दै निश्चित मापदण्डका आधारमा सदरमुकाम तोक्न वा सार्न आदेश जारी गरेको हो ।

आज बसेको संवैधानिक इजलासले तत्कालिन देउवा सरकारले गरेको गोलखाडामा सदरमुकाम तोक्ने निर्णय खारेज गरेको हो ।