राजनीति

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : सभापति लामिछाने

२८ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् ।

हेटौँडाको सन्चो अस्पतालमा, राउण्डमा भएका २ जना डाक्टरहरुलाई २०-२५ जनाको हुलले हातपात गरि घाईते भएका छन् । उक्त भटनाप्रति सभापति लामिछाने लेखेका छन्, “चिकित्सक माथीको कुटपिट अराजकताको पराकाष्ठा हो । लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन । त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलाप प्रती खेद प्रकट गर्द्छु ।”

उनले सामाजिक संजालमा लेखेका छन्, “चिकित्सक माथीको कुटपिट अराजकताको पराकाष्ठा हो । लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन । त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलाप प्रती खेद प्रकट गर्द्छु । चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस् । गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”