राजनीति

अध्यक्ष नेपालद्वारा जारी अन्तरपार्टी निर्देशनप्रति नेता खनालद्वारा अस्वीकार

२९ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको दाबी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए । उनले पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै आपत्ति जनाए ।

“यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन”, उनले अघि भने। अध्यक्ष नेपालले बिहिबार मात्र अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका थिए । त्यस्तै, अध्यक्ष नेपालले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई सचिवमा र केन्द्रीय सदस्यमा २१ जना मनोनित गरेका छन् ।