खेलकुद

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

३१ भदौ, काठमाडौं । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।

कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।