३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता डा. शेखर कोइरालालाई भेटेका छन् ।
नेता कोइरालासँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार ले सभापति देउवालाई भेटेर अहिलेको कार्यशैलीलाई सुधार गर्न आग्रह गरेका हुन् ।
देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।
देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको शेखरले बताएका छन् । ‘तपाईले आजदेखि कि कोर्स करेक्सन गर्नुस् । होइन भने हामी आफ्नो तरिकाले अघि बढ्छौं । तपाई आफ्नो तरिकाले चल्नुहुन्छ भने भेटेर के औचित्य रह्यो र ?’ देउवासँग शेखरले भने ।
प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए । सभापतिको जवाफ परम्परागत भएको संस्थापनइतरका एक नेताले बताए ।





