३ असोज, काठमाडौं। नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले शिक्षा विधेयक ऐन मुलत संबिधानले निर्दिश्ट गरेका सिद्धान्तको कार्यन्वयनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
सचिव भट्टराईले शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्बसुलभ र गुणस्तरीय शिक्षामा राज्यको भूमिकालाई बढाउनु पर्ने बताएका छन् ।
“ऐन मुलत: संबिधानले निर्दिश्ट गरेका सिद्धान्तको कार्यन्वयनमा केन्द्रित हुनुपर्दछ, उनले भनेका छन्, “शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्बसुलभ र गुणस्तरीय शिक्षामा राज्यको भूमिकालाई बढाउनु पर्दछ ।”
श्रमप्रति आस्था र राष्ट्रियताप्रति गर्ब गर्ने नागरिक निर्माणमा शिक्षा प्रणालीलाई केन्द्रित गर्नु पर्ने नेता भट्टराईले बताएका छन् । शिक्षाको नीतिगत र संरचनागत सुधार र रुपान्तरण आजको आवश्यकता भएको र यसमा सबै पक्षका बीचमा सहमति हुनुपर्ने बताएका छन् ।
शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता गरेसँगै यस ऐनविरुद्ध शिक्षक संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
नेता भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ” शिक्षा विधेयक ऐन मुलत: संबिधानले निर्दिश्ट गरेका सिद्धान्तको कार्यन्वयनमा केन्द्रित हुनुपर्दछ । शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्बसुलभ र गुणस्तरीय शिक्षामा राज्यको भूमिकालाई बढाउनु पर्दछ । श्रमप्रति आस्था र राष्ट्रियताप्रति गर्ब गर्ने नागरिक निर्माणमा शिक्षा प्रणालीलाई केन्द्रित गर्नु पर्दछ । शिक्षाका तीन पक्ष बिद्यार्थी, शिक्षक र अभिभावक बिचमा लक्ष, गन्तव्य र कार्यमा एकरूपता हुनुपर्दछ । शिक्षाको नीतिगत र संरचनागत सुधार र रुपान्तरण आजको आवश्यकता हो, यसमा सबै पक्षका विचमा सहमति हुनै पर्छ । संसदमा दर्ता भएको शिक्षा विधेयकलाई यसै आधारमा छलफल गर्नु पर्दछ । विधेयक निर्माण गर्दा सरकारले सरोकारवालासँग प्रयाप्त छलफल र समन्वय नगर्दा र पारदर्शी नहुँदा आजको समस्या उत्पन्न भएको छ । शिक्षकहरुले उठाएका कतिपय बिषयहरु जायज़ छन त्यसलाई सरकारले संबोधन गर्नु पर्दछ । सरकारले गरेन भने संसद छ । शिक्षकहरुलाई जिम्मेवार बनाउनुका साथै उनिहरूको आत्मसम्मानमा ध्यान दिनुपर्दछ । शिक्षकहरुलाई विश्वासमा लिएर सडकबाट कक्षा कोठामा फर्काउन सरकारले ठोस पहल गर्नु पर्दछ । सबै मिलेर सार्बजनिक शिक्षालाई तहस नहस हुनबाट जोगाऔ ।”





