खेलकुद

क्यानको सचिवमा उम्मेदवारी दिने पारसको घोषणा

३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् ।

बागमती प्रदेशका अध्यक्ष समेत रहेका खड्काले आज शुक्रबारदेखि सुरु भएको साधारणसभामा सचिवमा उठ्ने घोषणा गरेका छन् । भोलि शनिबारसम्म चल्ने साधारणसभाले क्यानको नयाँ नेतृत्व चयन गर्ने छ ।

क्यानको अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ ।