खेलकुद

क्यानको सचिवमा पारस खड्का निर्वाचित

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् ।