खेलकुद

क्यान अध्यक्षमा चन्द पुनः निर्वाचित

६ असोज, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए ।

महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भए । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भए ।

क्यानको सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।