खेलकुद

सरकारले घोषणा गरेको पुरस्कार कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन : कप्तान पौडेल

७ असोज, काठमाडौं। नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले खेलाडीको लागि सरकारले घोषणा गरेको पुरस्कार अझै नपाएको गुनासो व्यक्त गरेका छन् ।

सरकारले घोषणा गरेको रकम कति पटक भनिसके पनि अहिलेसम्म नभएको बताए । “सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ”, एसियाली खेलकुदमा भाग लनि चीन जान काठमाडौंमा बिदाइपछि उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताए पनि अहिलेसम्म पुरस्कार रकम हात नपरेको कप्तान पौडेलले बताए ।