खेलकुद

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

८ असोज, काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।