अन्तर्राष्ट्रिय

आईसीसीमा सामेल हुने आर्मेनियाको निर्णय ‘गलत’ : क्रेमलिन

१६ असोज, एजेन्सी । आर्मेनियाको संसदले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा सामेल हुने निर्णय गर्नु ‘गलत’ भएको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले मङ्गलबार बताएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “रोम विधानमा व्यवस्था भएको द्विपक्षीय सम्बन्धको दृष्टिकोणबाट हेर्दा आर्मेनियाको मुद्दा आईसीसीमा प्रवेश हुनु सही हो भन्ने हामीलाई लागेको छैन । हामीले अझै पनि यो गलत निर्णय भएको छ भन्ने राख्न चाहन्छौँ ।”

अर्मेनियाली सांसदहरूले मङ्गलबार आइसिसीमा सामेल हुने दिशामा एक महत्वपूर्ण कदम लाई अनुमोदन गरेका थिए, जसले पूर्व सोभियत मुलुकको ऐतिहासिक सहयोगी मस्कोसँग तनाव बढाउने अपेक्षा गरिएको थियो ।

गत मार्चमा अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा भएको युद्ध र बालबालिकालाई अवैध रूपमा रूसमा निर्वासित गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि रूसले आर्मेनियालाई आइसिसीको संस्थापक सन्धि अनुमोदन गर्ने पक्षमा मतदान नगर्न चेतावनी दिएको थियो ।

आइसिसीको संस्थापक सन्धि अनुमोदन गर्ने पक्षमा मतदानपछि यदि रूसी नेताले आफ्नो भूमि (आर्मेनिया)मा पाइला टेकेमा आइसिसीका सदस्यराष्ट्रका हैसियतमा उनलाई पक्राउ गर्न सकिनेछ ।

अजरबैजानसँग आर्मेनियाको लामो समयदेखिको टकरावलाई लिएर क्रेमलिनसँग रिसाएका मस्को र येरेभानबीचको बढ्दो खाडललाई यो अनुमोदनले पुष्टि गरेको छ ।

संसदको अनुमोदनपछि प्रतिक्रिया दिँदै आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले आफ्नो देशले अन्यत्र गठबन्धन गर्ने बताएका छन् । तर क्रेमलिनले मङ्गलबार अर्मेनियासँग सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) भनिने मस्को नेतृत्वको सुरक्षा गठबन्धनको विकल्प नभएको बताएको छ ।

पेस्कोभले भने, “मलाई लाग्छ कि आर्मेनियामा अधिकांश नागरिकहरूले सीएसटीओ सन्धि पूर्ण रूपमा अपूरणीय छ भन्ने महसुस गरेका छन् । अर्मेनियाली पक्षसँग यी संयन्त्रहरूभन्दा राम्रो केही पनि छैन, हामी यसमा विश्वस्त छौं ।”