२० असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारलाई बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । नेता कोइरालाले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह रेका हुन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे ।
“देश अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेको छ । जताततै अराजकता छ । यो राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदाहुँदा कुटनीतिक अराजकता पनि देशमा आइसक्यो । सम्हाल्ने कसले ? नेपाली कांग्रेस बाहेक नेपालमा कुनैपनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ” उनले भने ।
उन्ल अघि भने, “देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ । उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो कि उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोेलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन ।”
उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए ।





