९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदमा लामिछानेविरुद्ध कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
लामिछानेको उम्मेदवारीमा वरिष्ठ नेता बालेन शाह प्रस्तावक बनेका थिए भने केन्द्रीय समिति, सांसद र सचिवालयका ५१ सदस्यले समर्थन जनाएका थिए। यही समर्थनका आधारमा उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ। लामिछानेको एकल उम्मेद्वारी परेपछि सर्बसम्मत रुपमा रास्वपाको सभापतिमा निर्बाचित भएका छन् ।
सभापति पदको टुंगो लागिसकेको भए पनि अन्य केन्द्रीय समिति सदस्यहरूको उम्मेदवारी दर्ता प्रक्रिया भने जारी रहेको छ। ती पदहरूका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइँदैछ।
निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्व चयनका बाँकी पदहरूका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुनेछ। महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ।




