राजनीति

इजरायल आक्रमणमा नेपाली परेको सूचनापछि परराष्ट्र मन्त्रालयले बोलायो आकस्मिक बैठक

२० असोज, काठमाडौं । इजरायलमा भएको आक्रमणमा नेपाली विद्यार्थीहरु परेको सूचना बाहिरीएपछि परराष्ट्र मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ।

उक्त आक्रमणमा नेपालबाट पढ्न गएका विद्यार्थीसमेत घाइते भएको सूचना सार्वजनिक भएपछि परराष्ट्रमन्त्री एमपी साउदले आकस्मिक बैठक बोलाएका हुन्। बैठकपछि मन्त्री साउदले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बताए ।

उनले नेपाली विद्यार्थी घाइतेबारे विष्तृत बुझेर एकैछिनपछि मन्त्रालयको धारणा सार्वजनिक गर्ने बताए ।