राजनीति

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीलाई आवश्यक प्रबन्ध मिलाउन सरकारसँग राप्रपाको माग

२२ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राप्रकाका पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति प्रकाशित गरी ‘कमाउँदै सिक्दै’कार्यक्रमअन्तर्गत इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर निधन भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताएका छन् ।

“राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । निधन भएकाको शव यथाशक्य चाडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु”, विज्ञप्तीमा भनिएको छ ।

“इजरायलमा रहेका नेपालीहरुको विवरण सङ्कलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गरी एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली राजदूतावास इजरायलको ध्यानाकर्षण गराउँदछु”, विज्ञप्तिमा भनिएको छ ।