राजनीति

इजरायलबाट नेपालीलाई उद्धार गर्न एमाले अध्यक्ष ओलीको माग

२२ असोज, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका छन् । साथै उनले घाइतेहरुको उपचारको व्यवस्था गर्न आग्रह पनि गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

आतङ्कवादी हमलामा नेपालीको ज्यान गएकामा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवङ्गत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् ।

विज्ञप्तिमा अध्यक्ष ओलीले आतङ्कवादी हमलाको निन्दा पनि गरेका छन् ।