राजनीति

रराष्ट्रमन्त्री र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन संवाद, के-के भयो कुरा ?

२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र इजरायलका विदेशमन्त्री एली कोहेनबीच टेलिफोनमा कुराकानी भएको छ।

मन्त्री साउदले फोनमा विदेशमन्त्री एली कोहेनसँग हमासको आक्रमणमा ज्यान गुमाएको १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

मंगलबार दिउँसो भएको फोनबार्तामा मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका हुन् ।

मन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए । उनले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक रहेको भन्दै थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने जानकारी कोहेनलाई गराएका छन् ।