राजनीति

युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेसम्म आर्थिक समृति हुँदैन : महासचिव खनाल

२३ असोज, दाङ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताएका छन् ।

एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै महासचिव खनालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताए ।

त्यस्तै, उनले किसानले उत्पादन गरेको हरेक वस्तुको बिक्रीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए । कृषिको विकास गर्न सके आगामी पाँच वर्षमा कम्तीमा पनि जनताले परिवर्तनको अनुभूति गर्न सक्ने दाबी गर्दै महासचिव भुसालले देशमा कृषिको राम्रो सम्भावना रहेको हुँदा यसमा राज्यले विशेष नजर पुग्नु जरुरी रहेको औँल्याए ।

समाजवादी पार्टीका उपमहासचिव एवं भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीबाट जनताले ठूलो आशा गरेको र सोहीअनुसार काममा खटिएको बाए । देशको विकाससँगै सुशासन कायम र भ्रष्टाचार अन्त्यलगायत कुरामा समाजवादी प्रतिबद्ध रहेको तथा देश र जनताको हितविपरित कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पार्टी सचेतक मेटमणि चौधरीले देश र जनतालाई प्राथमिकतामा राखेर विकास र निर्माणको काम गर्ने सच्चा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मात्रै भएको दाबी गरे । एकीकृत समाजवादी पार्टीकै कारण अहिले सरकारले सफलता प्राप्त गर्नेदेखि सुशासन कायम, भष्टाचारको अन्त्यलगायत सकारात्मक कामहरु गरिरहेको बताए ।