राजनीति

अख्तियारलाई रविको प्रश्न- ठुला माछा खोई, अख्तियारको नजरमा सहसचिव र सचिव नै ठूला माछा हो कि ?’

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको टिप्पणी गरेका छन् ।

बुधबार राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफलमा सभापति लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको तथ्यांक प्रस्तुत गरे।

उनले अघि भने, “अख्तियारको न डर रहृयो न भर । सोझा साझा निमुखलाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि प्रहरीले समाउला कि ? सरकार लाग्ला कि भन्ने डर छ । अरुलाई चाहिँ डर र भर गयो । अख्तिारको दाह्रा पनि रहेन, नङ्ग्रा पनि भएन ।”

अख्तियारले पछिल्लो समय सहसचिव र सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा नचलाएको भन्दै ठुला माछा खोई भनेर प्रश्न गरे । उनले अघि भने, ‘अख्तियारको नजरमा यही नै ठूला माछा हो कि ?’

८ भदौ २०७३ मा अख्तियारले पत्रकार सम्मेलन गरेर लडाकु शिवरमा भएको घोटालाको छानबिनलाई तीव्र बनाएको बताएको स्मरण गर्दै लामिछानेले सोधे, ‘यो छानविन अहिले कहाँ पुगेको छ ? टुंगियो कि कायमै छ ?’