राजनीति

कोशीमा कांग्रेसको भँगालो फाट्यो, यसलाई पार्टीले गम्भीर रुपमा लिएको छ : नेता विश्वकर्मा

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले कोशीमा कांग्रेसको भँगालो फाटेको बताएका छन् । उनले यसबारे पार्टी केन्द्र र प्रदेश संसदीय दलको बैठक बसेर भावी कदमबारे निर्णय लिने बताए ।

“कोशीमा कांग्रेसको भँगालो फाटेको छ । यसलाई पार्टीले गम्भीर रुपमा लिएको छ । छिट्टै बैठक बसेर निर्णय लिन्छौं”, सुर्यखाबरसँग कुरा गर्दै उनले भने । कोशी प्रकरणले पार्टीको केन्द्रीय तहमा पनि प्रभाव पर्ने उनले बताए ।

नेकपा एमालेसँग मिलेर अर्को पक्षले हस्ताक्षर बुझाउने तहमा जान सक्ने आकलन नगरिएको संस्थापन पक्षको भनाइ छ । नेता डा. शेखर कोइराला पक्षका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार कांग्रेसका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।