राजनीति

खगेन्द्र संग्रौलाको डा कोईरालालाई प्रश्नः एमाले वा गठबन्धनसंग संगै बस्ने कुन सही सक्कली हो, कुन सही नक्कली ? विश्वास कसलाई, धोका कसलाई दिने ?

२९ असोज, काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले जालझेलको राजनीति शुरु गरेको ब्यंग्य गरेका छन् ।
उनले ट्वीट गर्दै कोशी प्रदेशबाट नेकपा एमालेसँग सहमती गरी केन्द्र सरकारसम्म नै सहमती गरेर अगाडी बढ्ने सहमती गरेको भन्दै अर्कोतिर काँग्रेस माओबादीको अहिलेको गठबन्धनलाई पनि निरन्तरता दिने भनी सही गरेको भन्दै दोहोरो चरित्रको शुरुवाती गरेको टिप्पणी गरेका छन् ।
संग्रौलाले डा कोईरालाको दुईतिरको सहमतीमा कुन सही सक्कली हो, कुन सही नक्कली ? विश्वास कसलाई, धोका कसलाई ? भन्दै प्रश्नसमेत गरेका छन् ।
डा कोईराला पक्षका नेता केदार कार्कीलाई काँग्रेसबाट बिद्रोह गराएर कोशी प्रदेशको मुख्यममन्त्री बनाएको अवस्था छ भने शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दहालसँग गठबन्धनमा संगै बस्ने भनेर सहमती गरिएको अवस्था छ । यस अवस्थामा संग्रौलाले डा कोईरालाप्रति कडा ब्यंग्य गरेका छन् । पछिल्लो समय नेपालको राजनीतिले फरक मोड लिएकोबेला संग्रौलाले काँग्रेस बरिष्ठ नेता डा कोईरालाप्रति लक्षीत गर्दै ट्वीट गगरेका छन् ।

संग्रौलाको ट्वीटः

शेखर दाले तल प्रदेशबाट थालेर मिलीजुली माथि केन्द्र नै कब्जा गर्ने लिखतमा ओली सरसँग एउटा सही ठोकेछन्, अनि एउणा चिर्कटाँ गठबन्धनलाई दरो पार्छु भनी अर्को सही ठोकेछन्। कुन सही सक्कली हो, कुन सही नक्कली ? विश्वास कसलाई, धोका कसलाई ? शेखर दाले शुरू गरेछन् है जालझेलको दोहोरो चाल !