समाचार

भूकम्पमा परी २५ को मृत्यु, ४० भन्दा बढी घाईते

१८ कात्तिक, रुकुम ! जांजरकेटको रामीडांडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ रेक्टरस्केलको भूकम्पमा परी नलगाढ नगरपालीकाकी उपमेयर सरिता सिंहसहित २५ जनाको निधन भएको पुष्टी भएको छ ।

कर्णाली प्रदेशका डिआईजी भीम प्रसाद ढकालले यसमा ४० भन्दा बढी घईते भएको पुष्टी गरेका छन् । तिनै तहका सुरक्षाकर्मी परिचालन गरिएको र राती भएका कारण केही अप्ठ्यारो परेको छ ।