राजनीति

काँग्रेस महासमिति बैठक फेरि सर्यो, पौष १६ देखी १९ सम्म हुने जानकारी

२१ कात्तिक, काठमाडौं। नेपाली काँग्रेसको महासमिति बैठक पौष १६ गतेदेखी १९ गतेसम्म हुने भएको छ ।
मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने यस अघि भनिएको भएपनि आज नेपाली काँग्रेसका प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले उक्त मिति परिवर्तन भएको कुरा आजको पार्टी केन्द्रीय कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।
बैठक पटक पटक सरेको अवस्था छ । स्थान भने ललितपुरको गोदावरी तोकिएको जानकारी बिश्वकर्माले दिए ।