२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री गगन थापाले टिकटक बन्द गर्ने प्रचण्ड सरकारको निर्णयको कडा बिरोध गरेका छन् ।
आज सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि काँग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा लेख्दै उक्त बिरोध गरेका हुन् ।
टिकटक बन्द गर्ने सरकारको निर्णयको कडा बिरोध शुरुहुँदा हुँदै काँग्रेस माहामन्त्री गगन थापाको कडा स्टाटस् आएको हो ।
उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ुअभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रताु लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’





