राजनीति

राजाको छोरा राजा हुने प्रणाली कुनैपनि हालतमा मान्य हुन्नः अध्यक्ष ओली

९ मङ्सिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजाको छोरा राजा हुने प्रणाली आफूलाई मान्य नहुने बताएका छन् ।
उनले, ‘हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो । त्यसको रक्षाका लागि एमाले उभिन तयार छ ।’
नेकपा एमाले काठमाडौंद्वारा आयोजीत एक कार्यक्रममा बोल्दै ओलीले अस्थिरता चाहने केही शक्तीहरु राजतन्त्रको बिषयमा बोल्न थालेको भन्दै उक्त राजतन्त्रको कुरा अहिलेको समयमा असम्भव भएको बताए ।