साहित्य

आफ्नै सासले बिर्सिएर के भयो र ?

-प्रजोल बोहरा -कविता

मलाई त्यो नदि खोलाले बिर्सिएर के भयो र ?
त्यो नदि खोलाको सुसावट सङ्गितले त बिर्सिएको छैन् !


मलाई त्यो चौतारिको वर पिपलले बिर्सिएर के भयोे र ?
सधै‌ सितल दिईरहने छाहारिले त बिर्सिएकाे छैन !


मलाइ ति चुरे पहाडका हरियाली डाडाँहरूले बिर्सिएर के भयो र ?
सिरसिरे हावा चल्ने बतासले त बिर्सिएको छैन !


मलाई त्यो नदिमा बग्ने कलल पानीले बिर्सिएर के भयो र ?
मैले पानी पिउने पानीका मुहानले त बिर्सिएको छैन !


मलाई त्यो पारि मेला बोल्ने कोईलि चरिले बिर्सिएर के भयो र ?
कोईलिको समधुर आवाजले त बिर्सिएको छैन !

मलाई ति सिँगाने साथीले बिर्सिएर के भायो र ?
उनीहरु सँग विताएका अतीतका पलले त बिर्सिएको छैन !

मलाई आफ्नै आमा बाबुले बिर्सिएर के भयो र ?
उनको सपना पुरा गर्ने अठोट भविस्य ले त बिर्सिएको छैन !


मलाई आफ्नै सासले बिर्सिएर के भयो र ?
सँगै अर्काे जुनि काट्ने उनले खाएका बाँचा कसमले त बिर्सिएकाे छैन !!!!