आर्थिक

माछापुच्छ्र्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त

५ पौस, काठमाडौ । माछापुच्छ्र्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

आिज बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छ ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक लि. वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।